सनराइज बैंकद्धारा लक्ष्मी माध्यामिक विद्यालयलाई आरओ फिल्टर प्लान्ट हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले लक्ष्मी माध्यामिक विद्यालयलाई आरओ फिल्टर प्लान्ट हस्तान्तरण गरेको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा करिब ३०० विद्यार्थीहरु पढ्छन् र त्यहाँ पढ्ने प्रायः विद्यार्र्थीको परिवार आर्थिक रुपले निम्न वर्गका छन् ।

विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको अवस्थामा सनराइज बैंकले उक्त विद्यालयमा ३०० विद्यार्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको आरओ फिल्टर प्लान्ट जडान गरेको छ । बिहिबार विद्यालयमा भएको एक कार्यक्रममा सो आरओ फिल्टर प्लान्ट जडानको उद्घाटन गरिएको थिए ।

हस्तान्तरण कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थिति रहेको थियो ।

उक्त सामाजिक कार्यले विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुर्याउने विद्यालयकी प्र.अ. शर्माले बताइन । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार