राजेन्द्र लिङ्देनसँग पनि तालमेल हुन सक्छ : कमल थापा

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग पनि आम निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । आवश्यकताका आधारमा सीमित प्रदेश र संघीय निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको र सोअनुसार जुनसुकै पार्टीसँग पनि चुनावी तालमेल गर्न सकिने उनको भनाइ छ ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘चुनावी तालमेलका लागि सबै दलहरूसँग संवादको ढोका खुला राखेका छौँ । राप्रपासँग पनि सहकार्य र तालमेल हुन सक्छ ।’

यद्यपि कुनै पनि पार्टीसँग चुनावी तालमेलका लागि छलफल भने सुरु नभइसकेको उनको भनाइ छ । गत महाधिवेशनमा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाललाई पुनर्गठन गरेका थिए ।

उनले आफूलाई निर्मल निवासले चुनाव हराउन भूमिका खेलेको दाबी गर्दै आएका छन् । तर राजेन्द्र लिङ्देनले यसबारे पार्टीमा छानबिन गर्न नचाहेपछि पार्टी छाड्न बाध्य भएको दाबी जिकिर रहँदै आएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार