बञ्चरेडाँडामा दोहोरो झडप, प्रहरीले गर्‍यो हवाईफायर र अश्रुग्याँस प्रहार

'माग पुरा नभएसम्म फोहोर फाल्न नदिने स्थानीयको अडान'

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँँडामा तनाव उत्पन्न भएको छ । प्रहरीले एक सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ ।

डाँडामा रहेका स्थानीयले ढुंगा र गुलेली हानेपछि दोहोर झडप सुरु भएको थियो । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरी अश्रुग्याँस हानेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार