साफको प्रतियोगिताबाट बाहिरियो भारत

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)लाई प्रतिबन्ध लगाएको छ ।

फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ। फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।

नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपमा अब ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहने भनिएको प्रतियोगितामा फिफाले भारतलाई सोमबार निलम्बन गरेपछि अब ६ राष्ट्रको मात्र सहभागिता रहने भएको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार