अभिनयमा कम ब्याक गर्दै राजेश हमाल

काठमाडौँ – अभिनेता राजेश हमाल ‘मायाको माया’ नामक फिल्मबाट अभिनयमा कम ब्याक गर्ने भएका छन् ।

फिल्मका लागि उनले केही साताको वर्कसप समेत गरिसकेका छन् ।हमाल अहिले श्रीमतीसहित दुबईमा छन् । एक सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । त्यसबाट फर्किएपछि फिल्म सुटिङका लागि उनले समय उपलब्ध गराउनेछन् ।

फिल्मबाट सर्वानी पाण्डेले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् भने भारतबाट तन्ह्भी आजमीको पनि अभिनय रहनेछ ।

राजेश हमाल लामो समयदेखि फिल्म अभिनय बाहिर थिए । केही अगाडि ‘सत्यम्’ बाट उनले कम ब्याक गर्ने चर्चा चलेको थियो । तर उक्त फिल्म निर्माण तयारीमै रोकियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार