नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयाे : एमाले

'विधेयक फिर्ता हुनु दलहरुलाई साझा धारणा तय गर्ने अवसर'

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ ।

बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको बताए ।

नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीले राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएको उनको भनाइ छ ।

‘संविधानको धारा ११४ ले अध्यादेश पुनरविचारका लागि फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छैन । तर, विधेयक राष्ट्रपतिले पुनरविचारका लागि फिर्ता पठाउन सक्ने अधिकार छ’ उनले भने ।

बरु नागरिकता विधेयक फिर्ता भएपछि दलहरुलाई साझा धारणा तय गर्ने अवसर मिलेको उनको भनाइ छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार