सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार