नेपाल सिंगापुर जस्तो होइन, नेपाल जस्तो नै बनाउनु पर्छ : प्रचण्ड

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासको मोडेल नेपालकै जस्तो हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रचण्डले विगतमा स्विट्जरल्यान्ड, सिंगापुर, जापानजस्तो बनाउने भनिएको उल्लेख गर्दै उनले नेपाललाई आफ्नै मोडेलमा विकास गर्नुपर्ने बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपर्दछ। विगतमा कतिपयले सिंगापुरजस्तो, स्विट्जरल्यान्डजस्तो, जापानजस्तो इत्यादि पनि भन्यौँ । तर, अहिले सबैतिरको स्थिति हेर्दा नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ।’

नेपालको इतिहास, भूगोल, संस्कृति, जातीय बनोटअनुकूल नेपाली मोडेलको विकास गरिनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार