नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ– केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार ६५.८९ अंकमा उक्लिएको हो ।

यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२३ अंकले बढ्दै २९८.१३ अंकमा उक्लिएको छ । १३ वटै उपसूचक धनात्मक भएको आज २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.३८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.३३ प्रतिशतले, हाइड्रोपावर समूह ४.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ४.३८ प्रतिशतले, होटल तथा पर्यटन समूह ३.११ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहको उपसूचक ६.२७ प्रतिशतले वृद्धि भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार