नेपाल उद्योग परिसंघले भदौमा पूर्वाधार सम्मेलन गर्ने

काठमाडौँ– नेपाल उद्योग परिसंघले भदौ २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन गर्ने भएको छ ।

दीगो पूर्वाधारमार्फत देशको समग्र विकास र उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न सम्मेलन गर्न लागेको परिसंघले जनाएको छ ।

सम्मेलनमा दीगो पूर्वाधारका लागि लगानी प्रवद्र्न, पूर्वाधार क्षेत्रका अवरोधहरुमा बहस र अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुने बताइएको छ ।

कोभिडको असरबाट बाहिर आउँदै गर्दा बजारमा तरलता अभाव अहिलेको सबैभन्दा ठूलो समस्या भएकोले त्यसको समधानका लागि पनि सम्मेलनमा छलफल हुने छ ।

उच्च आर्थिक वृद्धि हासिल गर्न विशेषगरी प्रत्यक्ष वैदेशिक लगानी र उद्योग क्षेत्रमा दोस्रो चरणको आर्थिक सुधारको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको सोमबार परिसंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्मेलनबाट विदेशी मुद्रा आर्जनमा ठूलो योगदान गर्ने नेपालको उर्जा क्षेत्रलाई सहयोग पुग्ने परिसंघले जनाएको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार