जंगली जनावरको आक्रमणबाट दुईजनाको मृत्यु, स्थानीयले गरे सडक अवरोध

सुर्खेत – घाँस काट्न गएका दुई स्थानीयको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिका– ५ स्थित मध्यवर्ती क्षेत्रका स्थानीय आन्दोलित भएका छन् ।

उनीहरूले आज बिहानैदेखि सुर्खेत–नेपालगन्ज जोड्ने रत्न राजमार्गअन्तर्गतको बबई सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन् ।

हिजो बिहान बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका भेरीगंगा– ५ गेरवानीका रामबहादुर चन्द र कवि ओलीको जंगली जनवारको आक्रमणबाट मृत्यु भएको थियो । बेलुकीसम्म घर नफर्किएपछि प्रहरी, नेपाली सेना, वनरक्षक र स्थानीयले खोजी गर्दा शरीरका विभिन्न भाग खाएको अवस्थामा दुवैको शव भेटिएको थियो ।

स्थानीयले मानवीय क्षति पुर्‍याउने जंगली जनावरलाई नियन्त्रण गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने माग राख्दै आज बिहानदेखि सडक अवरुद्ध पारेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार