श्रीमानबाट जलाइएकी प्रमिला सदाको मृत्यु

काठमाडौँ– श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमिला सदाको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौं कीर्तिपुरमा उपचारको क्रममा प्रमिलाको ज्यान गएको हो ।

गत २१ साउनमा मध्यराति भंगहा नगरपालिका– ९ कञ्चनवनस्थित माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई श्रीमान् शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका थिए। प्रमिलाको शरीर ७० प्रतिशत जलेको थियो ।

खाटमा सुतेकी प्रमिलाको जिउमा आगो लागेपछि सोही आगोको लप्काले खाटमुनि सुतेकी आमा रेशमादेवी पनि जल्न पुगेकी थिइन् ।

६५ वर्षीया रेशमाको शरीरको १० प्रतिशत जलेको थियो । दुवै आमाछोरीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनको गएराति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको उनको भतिजो ललित सदाले जानकारी दिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार