अध्यक्ष विरुद्ध हस्ताक्षर गर्नेलाई कारबाही गरेको भन्दै राष्ट्रपतिलाई एमालेको पत्र

नेकपा एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदमाथि कारवाही गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाएको छ ।  एमालेका केन्द्रीय सदस्य समेत रहेका एमाले केन्द्रीय कार्यालका सचिव शेरबहादुर तामाङले राष्ट्रपति कार्यालयमा उक्त ब्यहोराको पत्र पठाएको पुष्टि गरे । पत्रमा एमाले संसदीय दलको सदस्य भएर पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेको बुझिएकाले मान्यता नदिन भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार