सत्तागठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ– सत्तारुढ पाँचदलीय गठबन्धनमा आगामी निर्वाचनमा सिट बाँडफाँडका आधारबारे छलफलका लागि शीर्ष नेताहरूको बैठक बसेको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यद्वय बेदुराम भुसाल र प्रमेश हमाललगायत सहभागी छन्।

कार्यदलको बैठक भोलि बस्दै छ। बैठकमा सिट बाँडफाँडको आधारलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार