१२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सुर्खेत प्रहरीले छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सुर्खेत गुर्भाकोट नगरपालिका निवासी बालिकाका बुबालाई प्रहरीले पक्राउ गरेको हो ।

यहीँ साउन २६ गते घटना भएको भएपनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिकालाई बलात्कार गरेको जानकारी आफन्तहरुले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको टोलीले पीडकलाई शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । पक्राउ पर्ने बाबुको परिचय भने खुलाइएको छैन ।

उनीविरुद्ध जबर्जस्ती करणी उद्योग अन्तरगत मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार