मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालक कारबाहीमा

काठमाण्डौ– उपत्यकामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

आज आइतवार बिहान गरेको जाँचका क्रममा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका र उनीहरूमध्ये ६ जनाले जाँड–रक्सी खाएर स्कुल बस चलाएको पाइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले आउँदा दिनमा समेत स्कुल बस चलाउनेहरूलाई ट्राफिक जाँच तथा ट्राफिक सचेतनाका कार्यक्रम नियमित गर्ने जनाएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही साउनको आठ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार