दाङ क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने कोमल वलीको घोषणा

काठमाडौँ– नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले दाङ क्षेत्र नम्बर तीनबाट चुनाव लड्ने घोषणा गरेकी छन् ।

एमालेका नेता हिराचन्द्र केसी नेकपा एकीकृत समाजवादीतिर गएपछि वलीले एमालेबाट चुनाव लड्ने तयारी गरेकी हुन् ।

वलीले भनिन्, ‘मैले २०७४ सालको चुनावमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिए । पार्टीले मलाई टिकट दिएपछि हिरा कमरेड लड्नुभयो । यो चुनावमा एमालेबाट मैले चुनाव लड्ने तयारी गरेको छु । त्यसैअनुसार जनताको सेवामा खटिएकी छु ।’

तीन नम्बर क्षेत्रबाट चुनाव लड्ने भएपछि वलीले पछिल्लो समय दाङमै बसेर राजनीतिक गतिविधि अघि बढाउँदै लगेकी छन् । एमालेबाट वलीसहित तुलसीपुर उपमहानगरका निवर्तमान मेयर घनश्याम पाण्डेले पनि दाबी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार