अहिलेको सरकार कमण्डलु लिएर बनारसतिर गए हुन्छ

काठमाडौं– प्रतिनिधिसभा सदस्य मायादेवी न्यौपानेले अहिलेको सरकारले सरकार मंसिर ४ गते हुने निर्वाचनपछि कमण्डलु लिएर बनारस जानुपर्ने बताएकी छिन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताको मागअनुरुप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नँबहादुर र सक्दिनँबहादुर राख्नुपर्ने टिप्पणी गरिन्।

‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन। विद्यार्थीलाई किताब दिन सक्दैन। किसानलाई मल, बीउ र सिँचाइ दिन सक्दैन। व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन।

उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ‘ उनले भनिन्, ‘यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नँबहादुर र सक्दिनँबहादुर राखौँ कि कसोरु यो सरकार खरानी घसेर मंसिर ४ गने हुने निर्वाचनमा कमण्डलु लिएर बनारसतिर जाओस्‚ दिल्लीतिर जाओस्। एमालेका केपी शर्मा ओली पुनः प्रधानमन्त्री हुनुहुनेछ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार