नयाँ तलबमान र ग्रेड स्वीकृत

काठमाडौँ- सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ ।

आइतबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यही साउन १ गतेदेखि लागू हुने गरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गरेको जानकारी दिएका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार