एमालेभित्र नातावाद छैन, मेरो आफ्नै भाइ हलो जोत्दैछ : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीभित्र नातावाद नभएको दाबी गरेका छन् ।
आफूले भाइ, बहिनी श्रीमती वा सालोप्रति कुनै पदका निम्ति मरिहत्ते नगरेको उनले बताए। एमालेभित्र टिकट वितरणमा कुनै विभेद नहुने ओलीले प्रतिवद्धता जनाएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो भाइलाई राजदूत वा सांसद बनाउने कुनै मनसाय नरहेको बताएका हुन्।

‘मेरो भाइ राजदूत हुन खोज्यो, फलानो कमिटीमा जान खोज्यो भन्ने सुन्नुभएको छ। मेरो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ,’ उनले भने।

एमाले सन्तुलित र दीगो विकासका एजेन्डा लिएर चुनावमा अघि बढ्ने ओलीको भनाइ छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार