शेयर बजारका बादशाह झुनझुनवालाको निधन

भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आज निधन भएको छ । उनको मुम्बई स्थित ब्रीच कैंडी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही हप्ता अगाडि मात्र उनकाे साेही अस्पतालमा उपचार भएको थियो । उपचार पश्चात स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । आज बिहान अचानक उनको स्वास्थ्यमा बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ उनको निधन भयो ।

झुनझुनवालाले शेयर बजारबाटै हजारौं करोड कमाई गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार