पीएसजीको सानदार जित, नेयमारको उत्कृष्ट प्रदर्शन

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मोन्टपेलियरलाई ५–२ गोल अन्तरले हराउँदै पीएसजीले लगातार दोस्रो जित निकालेको हो।

पीएसजीको जितमा नेयमारले दुई गोल गरे । केलियन एमबाप्पे र रेनेटो सान्चेज एक एक गोल गरे ।

मोन्टपेलियरका वाहबी खाजरी र इन्जो एमबियायीले एक एक गोल फर्काए । जितसँगै पीएसजीले २ खेलमा ६ अंक जोडेको छ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार