घर र जग्गा दान गरिसके, उपचार गर्ने पैसा समेत छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए ।

आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।

उनले भने, ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार