रुकुम दुर्घटनामा घाइते एक प्रहरी जवानको मृत्यु

रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएकोमा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका थिए ।

मृत्यु हुनेमा गम्भीर घाइते भएका प्रहरी जवान लक्ष्मण पुन रहेका छन् । उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले बताए ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका ३० वर्षीय पुन जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा कार्यरत थिए । लु१झ ६६० नम्बरको भ्यान दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ पनि घाइते भएका छन् ।

दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार