सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरूषको उद्धार

काठमाडौंको सुन्दरीजलमा खसेर बेपत्ता भएका पुरुषको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको जिवितै उद्धार गरेको हो ।

उनलाई अपराह्न सवा ५ बजे खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । हाल उनकाे अवस्था सामान्य छ । उनको पहिचान भने खुलाइएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार