सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता

काठमाडौंको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् ।

शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार