मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौँ– बिहान उठेर हिँड्नु स्वस्थ जीवनको एउटा सूत्र हो । शारीरिक रुपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो । रक्तचाप, मधुमेह, मुटुरोग, फ्याट्टी लिभर जस्ता रोग भएका बिरामीलाई त डाक्टरले नै नियमित मर्निङ वाक गर्न सुझाउँछन् ।

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने कुराहरु

सबेरै उठ्ने
बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ । सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ । कम्तिमा आधा घन्टा हिँड्नुपर्छ ।

कपडाको छनौट
मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ । प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ । जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ । त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ । ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ । छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन ।

हिँड्ने तरिका
मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन । सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने । त्यसपछि छिटो-छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने । हिँड्दा निउरेर, कुप्रो परेर होइन छाति फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ । देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ । हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ । कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन ।

इयरफोन कानमा राख्नु हुँदैन
मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन । सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ । मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-संगीत सुन्नु राम्रो हो । बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ ।

गीतसंगीत
मर्निङ वाकमा गीत-संगीतले पनि महत्वपूर्ण भूमिका खेल्छ । सकेसम्म आध्यात्मिक गीत र ‘इन्स्ट्रुमेन्टल’ धुन सुन्नु राम्रो हो । यस्तो संगीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ ।

गफ गरेर नहिँड्ने
मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन । साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो । गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन । वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन ।

एकान्तमा नहिँड्ने
मर्निङ वाकमा जाँदा मान्छेहरु नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन । रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ । मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन ।

समाचार नसुन्ने
मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ । तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन । समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन् । मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईंको दिन कसरी सकारात्मक होला रु त्यस्ता समाचारले मनको एकाग्रता भंग गरिदिन्छन् । बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो(टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ । किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन ।

कुकुरलाई साथै लिई नहिँडौं
मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन् । एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्नेरु त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ । कुकुरलाई दिसा(पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने होरु त्यो विचार पुर्‍याउनुपर्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार