त्रिशूलीमा इँटा बोकेको ट्रक खस्यो

काठमाडौं – मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।

प्रहरीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ ।

अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको एसपी अधिकारीले जानकारी दिए । ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार