कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुनेछ। पर्सि बस्ने कार्यदलको बैठकमा सत्तारुढ दलहरूले सिट संख्या बाँडफाँड गर्ने भएका कारण त्यसबारेमा पनि बैठकमा छलफल गर्ने तयारी छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार