अपमानजनक नाम सच्याउन वडाध्यक्षले नै दिए निवेदन

मकवानपुर– जिल्लाको राक्सिराङ गाउँपालिकाका वडाध्यक्षले आफ्नो नागरिकताको नाम अपमानजनक भएको भन्दै सच्याउन निवेदन दिएका छन् ।

राक्सिराङ गाउँपालिका–८ का वडाध्यक्ष युसाई प्रजाले नागरिकता बनाउँदा नै अपमानजनक नाम राखिएको भन्दै नाम सच्याइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका हुन्। युसाई नाम अपमानजनक भएको उनले बताए।

चेपाङ भाषामा युसाईलाई मुसासँग जोडेर बुझिन्छ। वडाध्यक्षले आफ्नो नाम अपमानजनक रहेको भन्दै गाउँमा अर्कै नाम बताउने गरेका छन्। उनलाई हाबिल भनेर चिनिन्छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार