हुन सकेन बजार अनुगमन

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै महंगी बढ्दै गएको छ ।

बैतडीमा पनि महंगीका कारण उपभोक्ता मारमा पर्न थालेका छन् । महंगी बढ्दासमेत बैतडीमा बजार अनुगमन हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने आश्वासन दिए पनि दुई महिना बितिसक्दासमेत अनुगमन हुन सकेको छैन ।

कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन नहुँदा सर्वसाधारण मर्कामा पर्न थालेका छन् । चाडपर्व नजिकिदासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ताहरुको खाद्य अधिकारलाई सुनिश्चित गर्न र कालोबजारी रोक्न नियमित बजार अनुगमन गर्नुपर्ने दोगडाकेदार–३ श्रीकोटका हेमराज गिरीले बताए । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने केही दिनमै बजार अनुगमन सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार