आयोगले माग्यो प्रचण्डसँग १० करोड खर्च गर्ने उम्मेद्वारको सूचना

'आयोगको पत्र पार्टी र्कायालयबाट फिर्ता, प्रचण्डले दिएनन् जवाफ'

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटेको छ । गाउँपालिका अध्यक्ष जित्न १० करोड खर्च गर्ने उम्मेदवारको सूचना दिन आयोगले प्रचण्डलाई पत्र काटेको हो ।

केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले गाउँपालिका अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको जानकारी आफूलाई आएको अभिव्यक्ति दिएका थिए । त्यसै अभिव्यक्तिलाई आधारमानि आयोगले पत्र काटेको हो ।

आयोगले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षले तीन लाख खर्च गर्न पाउने व्यवस्था रहेको सम्झाउँदै १० करोड खर्च गर्ने उमेदवारको सूचना दिए कारबाही गर्ने बताएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार