खेलकुदलाई पर्यटनको रुपमा विकास गर्नुपर्छ : मन्त्री गहतराज

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदलाई पर्यटनको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

निर्माणाधीन सिमरा रंगशालाको निरीक्षणका क्रममा उनले नेपाललाई खेल पर्यटनको रुपमा विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका खेलहरु खेलाउन सकिने बताएका हुन् ।

‘खेल पूर्वाधारलाई व्यवस्थित ढंगले निर्माण गर्न सक्यौँ भने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु नेपालमा आउने वातावरण सिर्जना हुन्छ,’ मन्त्री गहतराजले भने ।

सिमरा रंगशाला राजधानीबाट नजिक, निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै जिल्लामा भएकाले सिमरा रंगशालालाई मधेस प्रदेशकै ठुलो रंगशालाको रुपमा विकास गर्न सकिने मन्त्री गहतराजले बताए ।

गहतराजले सिमरा रंगशाला स्थानीय र प्रदेश सरकारको बजेटभन्दा ठूलो योजना रहेका कारण संघीय सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । यसै सन्दर्भमा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्माले सिमरा रंगशालाको पूर्वाधारमा संघीय सरकारले चासो देखाउन जरुरी रहेको बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार