किशोरी बलात्कारको आरोपमा कोहलपुरबाट एक युवा पक्राउ

काठमाडौँ– किशोरीलाई बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ घर भएका २३ वर्षीय प्रकाश रोकाया छन् ।

बैजनाथ गाउँपालिका–१ गाभरमा कुखुरा फर्म सञ्चालन गरेर बस्ने रोकायालाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

रोकायाले कोहलपुर नगरपालिका–११ दशविगाहास्थित इन्द्रेणी होटेल एण्ड लजमा लगेर १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले अनुसन्धान गरिरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार