एमाले अध्यक्ष ओली र रेखा थापाबीच भेटवार्ता

काठमाडौ । अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

ओली निवास बालकोटमा बुधबार उनीहरुबीच भेट भएको हो । भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन् । भेटमा समसामयीक राजनीतिक विषयमा कुराकानी भएको ओली निकट स्रोतले बताएको छ ।

‘समग्रमा देश र अहिलेको राजनीतिक अवस्थाबारे पार्टीगत कुराकानी भयो । राजनीतिमा महिलाहरुको अवस्थाबारे पनि छलफल भयो’ स्रोतले भन्यो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार