समुन्नत राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

'युवा उद्यमशीलतालाई प्राथमिकता दिनुपर्नेमा जाेड'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताए ।

प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने बताए । त्यस्तै उनले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्ने उनले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार