जिम्बाब्वेविरुद्धको खेलमा भारतकाे कप्तानी केएल राहुलले गर्ने

काठमाडौं – जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि भारतको कप्तानी केएल राहुलले गर्ने भएका छन् । कोभिड १९ संक्रमित भएपछि वेस्ट इन्डिजको भ्रमण गुमाए राहुल जिम्बाव्वेबिरुद्द उपलब्ध हुने भएका थिए ।

राहुलले दोस्रो पटक भारतीय टोलीको कप्तानी सम्हाल्न लागेका हुन् । राहुल कप्तान रहँदा टोलीको उपकप्तानमा भने ओपनर शिखर धवन रहनेछन् ।

यसै वर्ष दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृंखला ३–० ले गुमाउँदा राहुलले भारतको कप्तानी सम्हालेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार