नियम उल्लंघन गर्ने दुई हजार ७९६ चालक कारबाहीमा

काठमाडौँ – ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ७९६ सवारी चालकलाई कारबाही गरेको छ। जसमा मादक पदार्थ प्रयोग गरेर सवारी चलाउने १६० जना रहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लेन अनुशासन पालना नगर्ने ९१, सडक बत्ती पालना नगर्ने ९२ जनालाई पनि कारबाही गरिएको छ।

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उनीहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यसैगरी, नम्बर प्लेट मेटिएका, छोपिएकालगायतका ३७ र अन्य २, ४१६ गरि २,७९६ वटा सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार