देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिन्छ : रामचन्द्र पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश बनाउनका लागि भावना, कल्पना र सपना चाहिने बताएका छन्।

बिहीवार नेपाल सांस्कृतिक संघले आयोजना गरेको नेपाली कांग्रेस र साहित्य विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता पौडेलले साहित्यले देश बनाउने प्रेरणा जगाउने बताए।

उनले साहित्यले मानिसलाई काम गर्ने प्रेरणा पनि जगाउने भएकाले कला र साहित्यको अवमूल्यन गर्नु नहुने जिकिर गरे।

कला र साहित्यको अवमूल्यन गरेमा प्रगति गर्न नसकिने र नेपालको पहिचान नै समाप्त हुने उनको भनाइ छ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार