अर्थ सचिवमा कृष्णहरि पुष्कर नियुक्त

काठमाडाैँ- अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि अर्थ सचिवमा मधु मरासिनी थिए। उनको सरूवा भने प्रधानमन्त्री कार्यालयमा भएको छ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए।

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप थियो। त्यसपछि शर्माले संसदमै राजीनामाको घोषणा गरेका थिए। उनले राजीनामा दिएपछि मरासिनी कार्यालय फर्किएका थिए।

शर्मामाथि छानबिन गर्नको समिति बनेको थियो। उक्त समितिले शर्मा निर्दोष रहेको भन्दै सभामुखलाई प्रतिवेदन बुझाएको थियो। त्यसपछि फेरि सरकारले अर्थमन्त्री शर्मालाई पुनस्बहाली गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार