शुक्रबार थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि, १७७ जनाको मृत्यु

मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

नेपालमा शुक्रबार थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३५३ पीसीआर र ८७३ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ६ हजार २४ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ७ हजार ८९० संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म तीन लाख ७४ हजार ८३६ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेका छन् भने ९१२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २८ लाख ७८ हजार १४६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार