कार्यपालिकाको बैठकमा बालेन र वडा अध्यक्षहरुबीच चर्काचर्की (भिडियाे)

'फोहोर व्यवस्थापनमा बालेनले गाइजात्रा देखाएको आरोप'

काठमाडौं– काठमाडौँ महानगरपालिकाको बैठकमा वडा अध्यक्षहरु र महानगर प्रमुख बालेन शाहबीच चर्काचर्की भएको छ ।

बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापन सम्बन्धी कामबारे जानकारी नदिएको भन्दै आलोचना गरेपछि बैठकमा चर्काचर्की भएको थियो । बालेनलाई वडा अध्यक्षहरुले फोहोर व्यवस्थापनका सन्दर्भमा गाइजात्रा नदेखाउन समेत चेतावननी दिएका छन् ।

बैठकमा वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले मेयरले एक्लै हिँड्न खोज्दा समस्या समाधान हुन नसकेको बताए । पहिलो कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापनका लागि समिति बनाए पनि अहिलेसम्म त्यसको बैठक नबोलाइएकामा पनि उनले गुनासो गरे ।

निर्वाचित भएपछि फोहोर व्यवस्थापन नहुँदासम्म माला खादा लगाउँदिन भने पनि ७० दिनसम्म समस्या समाधान हुन नसकेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार