६३ वटा स्थानीय तहले अझै पेश गरेनन् बजेट

काठमाडाैँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेको बताएको छ । मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन् ।

हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नं।१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका १०, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका ४ वटा रहेका छन् ।
गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार