अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी

'चुनावी घोषणापत्र मस्यौदा समितिकाे जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई'

काठमाडौँ– नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । उक्त कमिटीमा प्रदेश कमिटीका अध्यक्षहरु, जनसंगठनका अध्यक्ष र महासचिव, कन्द्रीय विभागका सचिवहरु, केन्द्रीय निर्वाचन परिचालन कमिटीको सदस्य रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

यस्तै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले ८ सदस्यीय चुनावी घोषणापत्र निर्माण समिति बनाएको छ । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । पोखरेल एमालेको नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख हुन् ।समितिमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार