एनएमबि बैंक र आईएफसीबीच ऋण समझदारी आदानप्रदान (भिडियो)

तरलता अभावको संकट चुलिदै गएका बेला एनएमबि बैंक लिमिटेडले आईएफसीमार्फत २ करोड पचास लाख अमेरिकी डलर भित्राएको छ । गएका ४ वर्षको अवधिमा यसअघि नै दुईपटक कर्जा लिएको एनएमबीले बिहिबार तेस्रो पटक ऋण समझदारीको आदान प्रदान गरेको हो । एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक हेक्टर गोमेज आइबीच उक्त समझदारी आदान प्रदान भएको बैंकले जानकारी दिएको छ ।

यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलक क्षेत्रमा कजा लगानी बढाउन मद्धत पुग्नेछ ।यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द बैंकर ’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१०, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाली प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार