दशरथ रंगशालामा नेपाल र बंगलादेशले मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो ।

जस अनुसार असोज ११ गते दशरथ रंगशालामा नेपाल र बंगलादेश भिड्ने छन् । मैत्रीपूर्ण खेल फिफा विडो अन्तर्गत हुनेछ ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार