तनहुँमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

तनहुँ— तनहुँमा माइक्रो बस दुर्घटना भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलमा दुर्घटना भएको हो । पुलको रेलिङमा ठोकिएर माइक्रो १५ फिट तल खसेको प्रहरीले बताएको छ ।

घाइतेमध्ये सात महिला र सात पुरुष रहेका छन् । घाइते भएका दविमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माइक्रो चालक जीवन आलेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार