साथीलाई बचाउन खोज्दा चिप्लिएर एक सैनिकको मृत्यु

हुम्ला — नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको विकास कार्यदलका सैनिकको मृत्यु भएको हो ।

कर्णाली करिडोरको चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको हो ।

उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको बताइएको छ। उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए । मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको सेनाले जनाएको छ । विष्टलाई भने टाउकोमा चोट लागेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार