एक्लै लड्दा काँग्रेसले एक सिट जित्दैन, एमालेको दुईतिहाई ढुक्क : खगराज अधिकारी

पाँच दलीय गठबन्धन पैसा कुम्ल्याउनका लागि बनेकाे आरोप

काठमाडौं– नेकपा (एमाले)का नेता खगराज अधिकारीले आगामी निर्वाचनमा एमालेले दुईतिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले एमालेले दुईतिहाई बहुमत नल्याए आफूले राजनीतिबाटै संन्यास लिने बताएका हुन्।

उनले सत्ता गठबन्धन स्वार्थको लागि मात्रै बनेको बताए। आगामी निर्वाचनबाट जनताले सत्ता गठबन्धनलाई अहिलेको महँगी र भ्रष्टाचारको जवाफ दिने उनको भनाइ छ।

साथै अधिकारीले निर्वाचनमा एक्लै लडे कांग्रेसले एक सिट पनि जित्न नसक्ने दाबी गरे ।

उनले भने, ‘कांग्रेस एक्लै चुनाव लड्न लड्न नसक्ने भइसक्यो। एक्लै लड्दा एक सिट जित्न सक्दैन। एमाले एक्लै दुई तिहाइभन्दा बढी सिटमा ल्याउँछ। हामीले दुईतिहाइभन्दा बढी सिट जित्न सकेनौँ भने म राजनीति नै छाडिदिन्छु।’

अधिकारीले सत्ता गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा दिँदै देश जटिल अवस्थामा पुर्‍याएको दाबी गरे। याे गठबन्धन पैसा कुम्ल्याउन बनेकाे बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार