हेटौँडामा च्यातियो रवि लामिछानेको फोटोअंकित पोष्टर

मकवानपुर– हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको फोटोअंकित पोष्टर च्यातिएको छ ।

भोलि हेटौँडामा हुने कार्यक्रमको प्रचारका लागि राखिएको पोष्टर आज विहान च्यातिएको अवस्थामा भेटिएको हो । बुधबार साँझ हेटौँडाको सीमा चोक क्षेत्रमा ब्यानर टागिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले यस बारे आफूलाई कुनै जानकारी नभएको बताएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार